दफा ३७
फर्मको हिसाब फस्र्याउने
– साझेदारहरुको बीचमा भएको कबुलियत र दफा ३२ को अधीनमा रही बिघटन भएका फर्मको हिसाब फछ्यौट गर्दा देहाय बमोजिम गर्नुपर्छ –
(क) फर्मको हितमा बाधा नपर्ने गरी फर्मको जायज्येथाको नगदमा परिणत गर्ने,
(ख) पूँजी घटेको समेतको नोक्सानी सबभन्दा पहिले मुनाफाबाट र त्यसबाट नपुगे पूँजीबाट र त्यसबाट पनि नपुगे प्रत्येक साझेदारका घर घरानाबाट भर्ना गर्नुपर्छ ।
(ग) पूँजीको कमी भर्ना गर्न लगायत फर्मको ज्येथा देहायका क्रम र तरीकाबाट उपयोग गर्नुपर्छ ः
(१) फर्मले उनाउ व्यक्तिहरुलाई तिर्नपर्ने ऋण,
(२) पूँजी बाहेकको साझेदारले दिएका थप कर्जाको दामासाहीले,
(३) साझेदारले बुझाएका पूँजीको दामासाही, र
(४) शेष बाँकी ज्येथाबाट साझेदारहरुको भाग हिस्साबमोजिम मुनाफा बाँड्नमा ।